Skip to main content
इन्जिनियरिङ सङ्कायका प्राध्यापकहरू भारतमा आयोजित नतिजामा आधारित पाठ्यक्रम विकास तालिममा सहभागी

इन्जिनियरिङ सङ्कायका प्राध्यापकहरू भारतमा आयोजित नतिजामा आधारित पाठ्यक्रम विकास तालिममा सहभागी

News

View Gallery
Loading...

मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका चार जना प्राध्यापकहरू भारतको भोपालस्थित नेसनल इन्स्टिच्युट अफ टेक्निकल टिचर्स ट्रेनिङ एन्ड रिसर्चमा आयोजित ‘नतिजामा आधारित पाठ्यक्रम विकास’ सम्बन्धी क्षमता अभिवृद्धि तालिममा सहभागी भएका छन्।

तालिममा कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागबाट कपिल बुढाथोकी र धीरेन्द्रकुमार यादव तथा सिभिल इन्जिनियरिङ केन्द्रीय विभागबाट गोविन्द खत्री र प्रकाश रेग्मी सहभागी भएका थिए। कम्प्युटर इन्जिनियरिङ समूहले सन् २०२६ अक्टोबर २६ देखि ३० सम्म र सिभिल इन्जिनियरिङ समूहले नोभेम्बर १ देखि ५ सम्म तालिम लिएका थिए।

नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने विभिन्न विश्वविद्यालयहरूसँगको सहकार्यमा इन्जिनियरिङ शिक्षालाई आधुनिकीकरण तथा गुणस्तरीय बनाउन नतिजामा आधारित शिक्षा प्रणाली अवलम्बन गर्ने पहलअन्तर्गत उक्त तालिम सञ्चालन गरेको हो। तालिमका क्रममा नतिजामा आधारित शिक्षण–सिकाइ विधि, पाठ्यक्रम विकास, कोर्स आउटकम निर्धारण, मूल्याङ्कनका विधि तथा उपकरण, रुब्रिक निर्माण र पाठ्यक्रमको विस्तृत संरचना विकाससम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक सत्र सञ्चालन गरिएका थिए।

तालिमबाट प्राप्त ज्ञान तथा सीपले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम विकास, शिक्षण–सिकाइ अभ्यास र मूल्याङ्कन प्रणालीलाई थप प्रभावकारी बनाउन तथा विश्वविद्यालयका शैक्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप परिमार्जन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।