Skip to main content
ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्री र केयर नेपालबीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर

ग्र्याजुएट स्कुल अफ एग्रीकल्चर एण्ड फरेष्ट्री र केयर नेपालबीच रणनीतिक समझदारीपत्रमा हस्ताक्षर

News

View Gallery
Loading...


मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री र केयर नेपाल बीच शिक्षण, अनुसन्धान, कृषि प्रसार तथा समुदायमा आधारित विकासका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले रणनीतिक समझदारीपत्रमा भर्चुअल माध्यमबाट हस्ताक्षर भएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. सुदीप ठकुरीज्यू तथा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डिन सहप्रा. डा. करन सिंह धामीको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा केयर नेपालका रणनीति, प्रभाव तथा साझेदारी, महिला आर्थिक सशक्तीकरण, जलवायु न्याय र कार्यक्रम विकाससम्बन्धी विभिन्न जिम्मेवारीमा रहेका प्रतिनिधिहरू अमित प्रधान, प्रकाश सुवेदी, स्मृति न्यौपाने र नीलकण्ठ पाण्डेयको उपस्थिति रहेको थियो भने विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो।

यस सहकार्यले कृषि, जीविकोपार्जन, जलवायु उत्थानशीलता तथा ग्रामीण विकाससम्बन्धी संयुक्त अनुसन्धान, गुणस्तरीय शिक्षण, क्षमता अभिवृद्धि, कृषि प्रविधि हस्तान्तरण र विद्यार्थी तथा प्राध्यापकको व्यावहारिक सिकाइलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। साथै, ग्रामीण समुदायको सशक्तीकरण, दिगो कृषि तथा जीविकोपार्जनका अवसर विस्तार गर्दै शैक्षिक संस्था, विकास साझेदार र स्थानीय समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।