उपकुलपतिज्यूद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन तथा छलफल
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूले २०८३ कात्तिक ९ गते जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधारको स्थलगत अवलोकन गर्नुभएको थियो।
उक्त अवसरमा उपकुलपति सुवालज्यू र प्रतिष्ठानका निर्देशक सह–प्रा. डा. विनम्र विष्टज्यूबीच समसामयिक विषयका साथै दुवै संस्थाको शैक्षिक तथा संस्थागत विकासका सम्बन्धमा छलफल भएको थियो। छलफलका क्रममा दुवै संस्थाबीच आपसी सहकार्य र साझेदारीका सम्भावनाबारे समेत विचारविमर्श गरिएको थियो।
भ्रमणका क्रममा दुवै संस्थाबीच आगामी दिनमा अध्ययन, अनुसन्धान तथा शैक्षिक आदानप्रदानका क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। यस भ्रमणले दुवै संस्थाबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउँदै शैक्षिक तथा संस्थागत विकासमा सहकार्यका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।